५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको विषादी परीक्षणको निर्णय फिर्ता भएको छैन– गृहमन्त्री श्रेष्ठ



फाईल फोटो
अ+ अ-

चितवन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तरकारीको विषादी परीक्षण नगर्ने भनेर मन्त्रिपरिषदले निर्णय नगरेको बताएका छन् ।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले विषादी परीक्षणको विषय विषयगत समितिमा पठाइएको बताएका हुन् । उनले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नमिल्ने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्ले फिर्ता गरेको छैन । मन्त्रिपरिषद्ले त्यो विषय समितिमा पठाएको छ । यस्तो महत्वपूर्ण विषय मन्त्रीहरुले एकछिन आएर ल ठिक छ वा बेठिक छ भन्न मिल्दैन । सम्बन्धित समितिमा पठाउनु आवश्यक थियो । सम्बन्धित समितिले छलफल गरेर टुंगो लगाउँदैछ । त्यो छिटो हुन्छ।’

उपप्रधानमन्त्री श्रेष्ठले सीमा क्षेत्रबाट हुने तरकारी र पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताएका छन् । ‘जति हदसम्म अवैध आयातका कारणले गर्दा समस्या भएको छ त्यो पूरै समाधान गरिन्छ । त्यसबारे आवश्यक कडा निर्देशन गइसक्या छ’, उनले भने ।

यस्तै, श्रेष्ठले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको अडियो प्रकरणबारेमा पनि अनुसन्धान हुने पनि बताएका छन् ।




भर्खरै