५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरीको व्यङ्ग्य– जतिसुकै राम्रो कपडा पसल खोले नि दुइचार कमसल ढाका त छिरि हाल्ने रहेछ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा व्यङ्गात्मक शैलीमा स्ट्याटस लेखेका छन् ।

उनले लेखेका छन्, ‘जति सुकै राम्रो कपडा पसल खोल्छु भने पनि कपडाका थानमा दुइ चार कमसल ढाका त छिरि हाल्ने रहेछन!’

आईतबार सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । लगतै उनलाई रास्वपाले एक साताका लागि निलम्बन गरेको थियो ।

पार्टिका सभापति रवि लामिछानेले उक्त अडियो प्रकरणमा छानबिन गरेर दोषी पाइएमा कारबाही गर्ने बताईसकेका छन् । उनले आफ्नो सांसदले भ्रष्टाचारको डिल गरेको प्रमाणित भए अख्तियारमा आफैं पत्र लिएर जाने बताएका छन् ।