२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरीको व्यङ्ग्य– जतिसुकै राम्रो कपडा पसल खोले नि दुइचार कमसल ढाका त छिरि हाल्ने रहेछ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा व्यङ्गात्मक शैलीमा स्ट्याटस लेखेका छन् ।

उनले लेखेका छन्, ‘जति सुकै राम्रो कपडा पसल खोल्छु भने पनि कपडाका थानमा दुइ चार कमसल ढाका त छिरि हाल्ने रहेछन!’

आईतबार सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । लगतै उनलाई रास्वपाले एक साताका लागि निलम्बन गरेको थियो ।

पार्टिका सभापति रवि लामिछानेले उक्त अडियो प्रकरणमा छानबिन गरेर दोषी पाइएमा कारबाही गर्ने बताईसकेका छन् । उनले आफ्नो सांसदले भ्रष्टाचारको डिल गरेको प्रमाणित भए अख्तियारमा आफैं पत्र लिएर जाने बताएका छन् ।