१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिष्पर्धीलाई एनआरएनएको सम्मान



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको विश्वस्तरीय प्रतिष्पर्धाका लागि इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकामार्फत नेपाल आउनुभएका नेपाली मुलका कलाकारलाई विशेष सम्मान गरेको छ ।

शुक्रवार, ९ अप्रील २०२३ मा संघको काठमाडौँस्थित सचिवालयमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मुलका २ सय जना कलाकारलाई सम्मान गरिएको हो । इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा नेपालसहित, भारत, थाइल्याण्ड, म्यानमार, अमेरिका, अष्ट्रेलिया, यूरोपेली विभिन्न मुलुक लगायतका नेपाली मुलका २ सय ४० प्रतिष्पर्धीहरु छन् ।

कार्यक्रममा संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण,सम्बर्धन र प्रवर्धन गर्दैै विश्वभरका नेपाली जातिलाई संस्कृतिका माध्यमबाट जोड्ने अभियानमा नेतृत्वदायी योगदान गरेकोप्रति सम्मान प्रकट गर्दै मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भव्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने अभियानमा एनआरएनले लामो समयदेखि पहल गर्दै आएको अध्यक्ष केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै नेपाली जो जहाँ भएपनि सबैले नेपाललाई आमा भन्न पाउनुपर्छ, अझ दोस्रो पुस्ताले आफ्नो पुर्खाको भूमिलाई बिर्सनु हुन्न भनेर हामीले तपाईहरुलाई नेपालसँग जोड्न चाहेको छौँ, तपाई सबै जना अब नेपाली माटोसँग जोडिनुपर्छ ।”

संसारभरिबाट आउने नेपालीले मातृभूमि र पितृभूमि सम्झेर देशको समृद्धिमा जोडिनुपर्ने अध्यक्ष केसीको भनाई थियो । हरेक गैरआवासीय नेपालीलाई नागरिकताको सुनिश्चिताका लागि आफू प्रतिबद्ध रहेको अध्यक्ष केसीको भनाई थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष डिबी क्षेत्रीले दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्न गैरआवासीय नेपालीले गरिरहेको पहलको जानकारी गराउँदै संघले फाउण्डेशनसँग सहकार्य गर्दै नेपाली भाषी र नेपाली मुलका सबैलाई नेपालसँग जोड्ने महान अभियान सुरु भएको बताउनुभयो ।

यस्तै, इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले गीत र संगीतका माध्यमबाट भाइचारासहितको नेपाली जातिय एकता सुरु गरेको र त्यसमा एनआरएनएको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो । थाइल्याण्ड, म्यानमार लगायतका देशमा रहेका नेपालीलाई पनि कानूनी आधारसहितको परिपत्र प्रदान गर्न गैरआवासीय नेपाली नीति संशोधनका लागि उहाँले आग्रह गर्नुभयो ।

सचिव गोविन्द प्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संघका उपाध्यक्ष दुर्गा आचार्य लगायत नेपालमा रहेका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।