२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातले कोलकातालाई दियो २०५ रनको विजयी लक्ष्य



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई २०५ रनको विजयी लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन जोडेको हो । गुजरातका लागि विजय शंकरले सर्वाधिक रन जोडे । उनी २४ बलमा ६३ रनसहित अविजित रहे । उनले चार चौका र ५ छक्का प्रहार गरे ।

यस्तै, साई सुदर्शनले ३८ बलमा ५३ रनको अर्धशतीय इनिङ्स खेले । शुभमनज गिलले ३१ बलमा ३९ रन जोड्दा ऋद्धिमान साहाले १७ बलमा १७ रन बनाए । यस्तै, अभिनव मनोहरले ८ बलमा १४ रन जोड्दा डेभिड मिलर ३ बलमा २ रनसहित अविजित रहे । कोलकाताका सुनील नारायणले तीन विकेट तथा सुयश शर्माले एक विकेट लिए ।