१० श्रावण २०८३, आईतवार
,
Latest
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातले कोलकातालाई दियो २०५ रनको विजयी लक्ष्य



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई २०५ रनको विजयी लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन जोडेको हो । गुजरातका लागि विजय शंकरले सर्वाधिक रन जोडे । उनी २४ बलमा ६३ रनसहित अविजित रहे । उनले चार चौका र ५ छक्का प्रहार गरे ।

यस्तै, साई सुदर्शनले ३८ बलमा ५३ रनको अर्धशतीय इनिङ्स खेले । शुभमनज गिलले ३१ बलमा ३९ रन जोड्दा ऋद्धिमान साहाले १७ बलमा १७ रन बनाए । यस्तै, अभिनव मनोहरले ८ बलमा १४ रन जोड्दा डेभिड मिलर ३ बलमा २ रनसहित अविजित रहे । कोलकाताका सुनील नारायणले तीन विकेट तथा सुयश शर्माले एक विकेट लिए ।