५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः मछिन्द्रले संकटालाई हरायो



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसो सम्पन्न खेलमा मछिन्द्रले संकटा क्लबलाई २–१ गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगर र आफिज ओलावालेले एक–एक गोल गरे ।

यस्तै, संकटाका मनिष डाँगीले एक गोल फर्काए । खेलको २० औं मिनेटमा विमलको गोलबाट मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो । तर, त्यसको दुई मिनेटपछि नै अर्थात् २२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, खेलको ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २-१ को स्थितीमा लगे । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

जितसँगै ७ खेलमा ९ अंक जोड्दै मछिन्द्र सातौं स्थानमा उक्लिएको छ । दोस्रो हार ब्यहोरेको संकटा ९ अंकका साथ आठौं स्थानमा रहेको छ ।