२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर: उपप्रधानमन्त्री श्रेष्ठ



अ+ अ-

दमौली । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।

“अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उहााले यसलाई लयमा ल्याइने बताउनुभयो । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररुपमा छलफल भइरहेको उहाँको भनाइ छ ।

“गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हालिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा बृहत् छलफल गर्दैछौँ ।”

अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरुपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । “हामी अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न ठोस कदम चाल्छौँ”, उहाँले भन्नुभयो ।




भर्खरै