९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी सुरु, देउवालाई रोक्न निधिको दौडधुप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि दौडधुप सुरु गरिसकेका छन् ।

सभापति देउवाले शनिबार, आइतबार र सोमबार बूढानीलकण्ठस्थित निवासमा आफू निकट नेताहरूलाई बोलाएर आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै नेताहरूलाई सोहीअनुसार वातावरण बनाउन भनिसकेका छन् ।

शनिबारको छलफलमा पुगेका उपसभापति निधिले भने देउवालाई ‘तपाईं आराम गर्नुस्, मलाई सघाउनुस्, म तपाईंकै समर्थनमा सभापति लड्छु,’ भन्दै मुख खोलेका छन् ।

त्यति मात्रै होइन सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँग देउवाले बूढानीलकण्ठमा आफूनिकट नेताहरूसँग महाधिवेशन तयारीबारे छलफल गर्दै गर्दा निधिले कांग्रेसको संस्थापक नेताहरू बीपी कोइराला पुत्र डा। शशांक कोइराला र गणेशमान सिंह पुत्र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई निवासमा बोलाएर ‘लन्च मिटिङ’ नै गरे । निधि भने कांग्रेसका संस्थापक मध्येकै एक नेता महेन्द्र नारायण निधिका पुत्र हुन् ।

निधिले सोमबार आफ्नो वैवाहिक वार्षिकोत्सव पारेर नेताहरूलाई घरमा नै बोलाएर समसामयिक राजनीतिक अवस्था र पार्टीको महाधिवेशनबारे ‘लन्च मिटिङ’ गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ । 




भर्खरै