२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज



file photo: can
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दाको पेसी आजलाई तोकेको हो ।

गत बुधबार सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा तोकिएको थियो । तर,छैटौं नम्बरमा पालो रहेकोमा समय अभावले सुनुवाइ स्थगित गरिएको थियो ।

अघिल्लो साता पालो नपाई सुनुवाइ हुन नसकेको मुद्दालाई आज प्राथमिकतामा राखिएको छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।