२७ फाल्गुन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज



file photo: can
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दाको पेसी आजलाई तोकेको हो ।

गत बुधबार सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा तोकिएको थियो । तर,छैटौं नम्बरमा पालो रहेकोमा समय अभावले सुनुवाइ स्थगित गरिएको थियो ।

अघिल्लो साता पालो नपाई सुनुवाइ हुन नसकेको मुद्दालाई आज प्राथमिकतामा राखिएको छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।