९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने



अ+ अ-

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए । उनले भने, ‘नेपालमा प्रवेश गर्ने बिन्दुहरूमा १०–१० जनाका दरले कर्मचारी खटाइएको छ । यस्तै, प्रवेश बिन्दुसँग जोडिएका स्थानमा १ हजार क्षमताको होल्डिङ सेन्टर व्यवस्थापनको क्रममा रहेका छौं ।’ डा. पौडेलले क्रिटिकल केयर युनिटमा जनशक्ति व्यवस्थापन गरिने बताए ।

स्वास्थ्य मन्त्रालयले अबको जोखिममा बालबालिका पर्न सक्ने भन्दै अस्पताललाई कुल शय्यामध्ये २० प्रतिशत बालबालिकालाई छुट्याउन पत्राचार गरिसकेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले अबको जोखिम बालबालिका रहेको भन्दै उनीहरूको सुरक्षाका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए । बालबालिकाका लागि खोप ट्रायलमा रहे पनि हालसम्म अनुसन्धानमै रहेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 




भर्खरै