१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवित छ नेवारी संस्कृति (फोटोफिचर)



भक्तपुरमा माटाको भाँडा बनाउदै पुरुष ।
अ+ अ-

नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । वागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् । नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ ।

काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसङ्गीत, खानपान, जात्रा लगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्व र पहिचान छ । नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् । अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत सङ्गीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् । साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ ।

विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि हो । नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै एउटा पृथक जातका रुपमा रूपमा स्थापित गरेको छ ।

विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भुमिका खेल्ने गर्छ नेवारी समुदायले । तर यसो भन्दैगर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ ।

तस्बिरः न्युज एजेन्सी नेपाल

बुङमतीमा दाउरा चिर्दै बृद्ध ।
खोकनाका मुखिया परम्परागत पोशाकमा ।
खेतमा काम गरेर फर्कदै बुङमतीका महिलाहरु ।
सानागाँउकी महिला परालको खेलौना बनाउदै ।
सिद्धिपुरका महिला सुकुल बुन्दै ।
पाटनका बृद्ध महिला पाटीमा दौतरीसँग गफिदै ।
आगन्तुकसँग पाटनकी कुमारी निहिरा बज्राचार्यलाई भेट गराउन बोकेर लैजादै उनकी आमा ।
प्याङगाँउमा प्याङ बनाउदै बृद्ध ।
ठेचोका महिलाहरु चकटी बुन्दै गफिदै ।
किर्तिपुरमा धान कुट्दै महिलाहरु
भक्तपुरमा माटाको भाँडा बनाउदै पुरुष ।
भक्तपुरमा माटाका भाँडा सुकाउने तरखर गर्दै महिला ।
खोकनाका बृद्धहरु विश्राम गर्दै ।
बुङमती खेतबाट फर्कदै किसान ।