• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

संक्रमणकालिन न्यायलाई फाष्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्छ: सांसद पौडेल



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठककमा विशेष समयमा बोल्दै सांसद पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताउनुभएको हो ।

उहाँले उहाँले संक्रमणकालिन न्यायको विषय अहिले सबैभन्दा पेचिलो बनेको उल्लेख गर्दै जनताको आन्दोलनबाट स्थापित मूल्य र मान्यताहरुलाई संस्थागत रुपमा टुंग्याउनु सबैको कर्तव्य भएको बताउनु भयो । उहाँले संक्रमणकालिन न्यायको सम्बन्धमा विमति जनाउने सांसदहरुलाई आफू बसेको कुर्सिमा लोकतान्त्रिक प्रणाली ल्याउन लडेका योद्धाहरुको रगतको टाटो छ कि भनेर हेर्न अनुरोध समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संक्रमणकालिन न्याय आज हामी सबैको निम्ति सबैभन्दा पेचिलो विषय बनेको छ । यो इतिहासको खास कालखण्डमा नेपाली जनताले गरेको आन्दोलनबाट स्थापित भएका मूल्य, मान्यताहरुको जगमा हामी अगाडी बढेका छौँ । र त्यो मुल्य, मान्यतालाई संस्थागत रुपमा टुंग्याउनु आजको हामी सबैको साझा कर्तव्य हो । केही माननीयहरुले यसप्रति विमत्ति प्रकट गरेको पनि हामीले सुन्ने गरेका छौँ ।

माननीय सदस्यहरुलाई मेरो अनुरोध छ कतै तपाई बस्नुभएको कुर्सिमा प्रेस स्वतन्त्रताको निम्ति, मानव अधिकारको निम्ति, लोकतान्त्रिक प्रणाली ल्याउनको निम्ति र वाक स्वतन्त्रताको निम्ति लडेका योद्धाहरुको रगत कतै टाटो बनेर बसेको हुनसक्छ । इतिहासप्रति सम्मान गर्न सिकौँ । र वर्तमानमा परेका यसप्रकारका समस्याहरु टुंग्याउनको निम्ति यो संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनको निम्ति सबै माननीय सदस्यहरुलाई सम्मानित सदनमा म विशेष अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले इतिहासप्रति सम्मान गर्न सिक्नुपर्ने बताउनु भयो ।