५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।

सो अवसरमा कांग्रेस नेता डा मीनेन्द्र रिजाल पनि सहभागी हुनुहुन्थ्यो । कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

प्रधानमन्त्री प्रचण्डले नेता कोइरालालाई पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन आग्रह गर्नुभएको थियो । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने जानकारी दिनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

उहाँले जनमत पार्टीका मन्त्रीले राजीनामा दिएपछि खाली भएको उक्त मन्त्रालय कांग्रेसले पाउनुपर्ने माग गर्नुभएको थियो । कांग्रेसभित्र सभापति देउवाले कोइराला समूहलाई दुई जनाको मन्त्रालयको प्रस्ताव गर्नुभएपछि मन्त्रीको नाम पठाउन समस्या भएको कोइरालाले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

कोइराला समूहले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने अन्यथा कसैको नाम पनि नपठाउने अडान लिँदै आएको छ । यसअघि नेता कोइरालाले पार्टी सभापति देउवासँग बिहीबार भेटवार्ता गर्नुभएको थियो ।




भर्खरै