२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णिमप्रति शेखर कोईरालाको कटाक्ष: अवसरवादीहरुबाट जोगिनुहोस्



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले अवसरवादीहरुबाट जोगिन आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष बताउनुभएको हो ।

उहाँले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु साधवन हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला । अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो ।’

नेता कोईरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गर्नपनि शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले अहिले सकेको छैन, संविधानमा नै श्रम आयोग बनाउनको लागि मैले लडिरहने हो, नेपाली काँग्रेसको विधानमा श्रमीकहरुलाई केन्द्रिय समितिमा ल्याउने र सँगै संसदमा श्रमीकहरुको पनि हामीले व्यवस्था गर्ने हो । यति मैले गर्नसके मलाई लाग्छ, मैले न्याय गरेको ठहरिन्छ, म कोशिष गर्दैछु, मेहनत गर्दैछु । तर आफू ठाउँमा भइसकेपछि मात्रै धेरै कुरा गर्न सकिँदो रहेछ, तर समय आउँदैछ, त्यो समयलाई तपाईहरुले पनि पर्खिनुहुनेछ, समय आएर म पुगेपछि गरिन भने तपाईहरुले औंला ठड्याउन सक्नुहुनेछ ।’

‘विभिन्न मिडियाहरुमा, विभिन्न खाले समाचार आइरहेको देख्नुभएको छ । अहिले समाचार आइरहेको छ, टेलिकम सम्बन्धी समाचार, त्यो समाचार, एकातिर देशको अर्थतन्त्र धराशायी बन्ने अवस्थामा छ, भोलि के हुन्छ हामीलाई हामी थाहा छैन । हामी भन्नसक्ने अवस्थामा छैनौँ तर हामी पक्कै पनि पाकिस्तान र श्रीलंका हुन दिँदैनौँ, हुँदैन । हामीसँग १० महिनाको लागि आवश्यक सञ्चिति रकम छ ।’

‘हामीले अन्य कुरा व्यवस्थित गर्न सकेका छैनौँ, राजश्व उठ्दैन, ऋण लिएर कर्मचारीलाई तलव खुवाइरहेका छौँ । अहिले एउटा एक्ट आउँदैछ । ऐन आउने भनेर सुनिरहेका छौँ हामीले । आइसकेको छैन, हामीले संसदमा त सुनेका छैनौँ तर त्यो एक्टले ५० औं अर्ब रुपैयाँ नेपाललाई नोक्शान हुने अवस्था छ । त्यो टेलिकमको कुरा गरेको हो । एनसीएलले २५ वर्षपछि छोड्नुपर्ने, एनसीएलले दिनुपर्ने पैसा के छ ? उसले के बदमासी गरेर मिलाउँदैछ ? यस्ता कुरा भन्नुपर्छ तपाईहरुले ।’