• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु



लस एञ्जलस । अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ ।

अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ ।सो प्रहरी विभागले सोमबार गरेको ट्वीटमा कोलोराडाको एक पुरानो शहर अर्वदामा सो हत्या काण्ड भएको र एकजना प्रहरी अधिकारी पनि मारिएको बताएको छ ।

ती प्रहरी अधिकारीको बारेमा उनका परिवारलाई सबैभन्दा पहिला खबर गरेर उनको पहिचान सार्वजनिक गरिने पनि सो ट्वीटमा उल्लेख गरिएको छ । एकजना अज्ञात व्यक्तिले सो क्षेत्रमा गोली चलाएको थियो । त्यस क्रममा अर्का एकजनाको पनि ज्यान गएको छ ।

सो आक्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएको बताइएको छ । गोली चलाउने व्यक्तिलाई प्रहरीले आक्रमण गरेको थियो । त्यस क्रममा अर्का एकजना प्रहरी पनि घाइते भएका बताइएको छ । के कति कारणले त्यस व्यक्तिले प्रहरीमाथि गोली चलाएको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन । (रासस-सिन्ह्वा)