२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

गोरखामा ढुङ्गे बगैँचा (स्टोन पार्क) निर्माणको अभियान

गोरखामा ढुङ्गे बगैँचा (स्टोन पार्क) निर्माणको अभियान
अ अ+ अ-

गोरखा । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न गोरखाको गोरखानगरपालिका वडा नं ६ स्थित समि चौतारा नजिक ढुङ्गाको बगैँचा ‘स्टोन पार्क’ बनाउने अभियान सुरु भएको छ ।

सो स्थानमा रहेका विशाल ढुङ्गाहरुमा विभिन्न कलात्मक आकृतिहरु बनाई प्राकृतिक पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको हो । ढुङ्गाको बगैँचा बनाउनका लागि प्राविधिकरुपमा परीक्षण र विस्तृत योजनाको कार्य भइरहेको अभियानमा सक्रिय डा सन्दीप गोरखालीले जानकारी दिनुभयो ।

ढुङ्गे बगैँचामा रहेका ढुङ्गाहरुको स्वरुप नबिगारिकन तिनलाई विभिन्न आकृति दिनुका साथै घुमफिर गर्न आउनेहरुका लागि केही समय बिताउन आवश्यक पर्ने अन्य व्यवस्था मिलाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

गोरखा बजारबाट केही मिनेटको दूरीमा रहेको सो स्थान छोटो समयमा लागि सुन्दर गन्तव्य बन्ने सक्ने उहाँले जानकारी दिनुभयो ।

नागरिकस्तरबाट सुरु भएको अभियानका बारेमा केही समयअघि गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले समेत अवलोकन गर्दै नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने आश्वसन दिनुभएको थियो । पैदल मार्गबाट जंगलको बीच बाटोबाट ऐतिहासिक गोरखा दरबार जाने स्थान नजिकै रहेको उक्त स्थान पदयात्राका लागि समेत उपयुक्त गन्तव्य हुने अभियन्ताहरुले जनाएका छन् ।

अभियानमा नागरिकको सहभागिता र अपनत्वका लागि दैनिक एक रुपैयाँका दरले गरी वर्षको ३६५ रुपैयाँ सहयोगका लागि आह्वान गर्ने तयारी भइरहेको गोर्खालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहीँबाट पृथ्वीनारायण शाहले बिसे नगर्चीसँग एक रुपैयाँ लिएर नेपाल एकीकरणको अभियान सुरु गर्नुभएको थियो । हामीले देश तथा विदेशमा रहेका गोर्खालीहरुलाई एकताको सूत्रमा जोड्न दैनिक एक रुपैयाँ सहयोगको अवधारणा अघि बढाएका छौँ ।”

देशभित्र र विभिन्न मुलुकका यस्ता प्राकृतिक बगैँचाहरु पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेका छन् ।