५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर दुरुपयोग भयो: चित्रबहादुर केसी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा भएको आफ्नो हस्ताक्षरप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

उहाँले कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको हो । उहाँले शुक्रबार विज्ञप्ति जारी गर्दै दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरु रहेको उल्लेख  गर्नुभएको छ ।

सोही मतभेदका कारण विगतको पाँच दलीय सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको र त्यो नीति अहिले पनि कायमै रहेको केसीले बताउनुभएको छ ।

वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा पनि डिजिटल हस्ताक्षर राखिएको बारे आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन”, उहाँले भन्नुभएको छ । भ्रमवश नै न्यूनतम साझा कार्यक्रममा आफ्नो हस्ताक्षर परेको उहाँले प्रष्ट्याउनुभएको छ ।