१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

न्यूनतम साझा कार्यक्रम ‘कागजी घोडा’ – राप्रपा प्रवक्ता श्रेष्ठ

न्यूनतम साझा कार्यक्रम ‘कागजी घोडा’ – राप्रपा प्रवक्ता श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई ‘क्वाँटी’ दस्तावेजको संज्ञा दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले अकारण अघिल्लो सत्ता गठबन्धन बदलेर अस्थिरताको मार्गतर्फ अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने ‘क्वाँटी’ दस्तावेज भएको बताउनुभएको छ ।

देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न नसकेको भन्दै उहाँले कार्यक्रममा अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको टिप्पणी गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “देशलाई खोक्रो बनाउने भ्रष्टाचार जस्तो जघन्य विषयलाई राप्रपासमेत सहभागी अघिल्लो गठबन्धनले जुन कडाइ र प्राथमिकता दिएको थियो, कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाएर कानूनको कठघरामा उभ्याउने विश्वास नागरिकलाई दिइएको थियो, यसपटक यति गम्भीर विषयलाई ‘कदम चाल्ने’ मात्रै भनेर सामान्यीकरण गरिएको छ।”

साझा कार्यक्रममा उल्लेखित कतिपय विषय कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै प्रवक्ता श्रेष्ठले साझा कार्यक्रम केवल ‘कागजी घोडा’ मात्रै हुने ठोकुवा गर्न सकिने बताउनुभयो ।