११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि हो: सांसद गैरै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताउनुभएको छ ।

बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार साझा न्युनतम कार्यक्रम बनाउने कुरामा मात्रै सिमति हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताउनु भयो । उहाँले सरकारको न्युनतम साझा कार्यक्रम मुख्य कार्यान्वयको विषय बन्न नसकेको बताउनु भयो । सांसद गैरेले सरकार सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित भएको आरोप लगाउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार साझा न्युनतम कार्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्ने विषयमा सरकार साझा न्युनतम कार्यक्रम बनाउनेकुरामा मात्रै केन्द्रित हुने, त्यसको कार्यान्वयन सरकारको विषय नबन्ने यो मुल समस्या हो । शुरुको सरकार बन्दा पनि हामीले उन्नत खालको न्युनतम साझा कार्यक्रम बनाएका थियौँ । त्यो भन्दा उत्तम बन्न सक्ने स्थिति छैन, तर त्यो सरकारको मुख्य कार्यान्वयको विषय बनेन ।’

‘यो सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित छ । यो न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय हो, कार्यान्वयनका लागि हो भन्ने म ठान्दिनँ । शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गरिएको छ, कटौति गर्ने अभियान जारी गरिएको छ । आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्न थालिएको छ, त्यो भनेको सरकारले विद्यमान आर्थिक शंकट के हो ? भन्ने विषयलाई मुख्य विषय बनाएर छलफल गरी समाधान गर्नुपर्ने हो, त्यसतर्फ सरकारको कुनै चासो छैन ।’

सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गर्ने खबर पाएको भन्दै आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताउनु भयो । उहाँले सरकारले वर्तमान आर्थिक शंकटका बारेमा चासो नदिएको आरोप लगाउनु भयो ।