१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि हो: सांसद गैरै

सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि हो: सांसद गैरै
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताउनुभएको छ ।

बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार साझा न्युनतम कार्यक्रम बनाउने कुरामा मात्रै सिमति हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताउनु भयो । उहाँले सरकारको न्युनतम साझा कार्यक्रम मुख्य कार्यान्वयको विषय बन्न नसकेको बताउनु भयो । सांसद गैरेले सरकार सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित भएको आरोप लगाउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार साझा न्युनतम कार्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्ने विषयमा सरकार साझा न्युनतम कार्यक्रम बनाउनेकुरामा मात्रै केन्द्रित हुने, त्यसको कार्यान्वयन सरकारको विषय नबन्ने यो मुल समस्या हो । शुरुको सरकार बन्दा पनि हामीले उन्नत खालको न्युनतम साझा कार्यक्रम बनाएका थियौँ । त्यो भन्दा उत्तम बन्न सक्ने स्थिति छैन, तर त्यो सरकारको मुख्य कार्यान्वयको विषय बनेन ।’

‘यो सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित छ । यो न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय हो, कार्यान्वयनका लागि हो भन्ने म ठान्दिनँ । शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गरिएको छ, कटौति गर्ने अभियान जारी गरिएको छ । आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्न थालिएको छ, त्यो भनेको सरकारले विद्यमान आर्थिक शंकट के हो ? भन्ने विषयलाई मुख्य विषय बनाएर छलफल गरी समाधान गर्नुपर्ने हो, त्यसतर्फ सरकारको कुनै चासो छैन ।’

सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गर्ने खबर पाएको भन्दै आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताउनु भयो । उहाँले सरकारले वर्तमान आर्थिक शंकटका बारेमा चासो नदिएको आरोप लगाउनु भयो ।