१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्य व्यवस्था परामर्श समितिमा को को परे ? (सूचीसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सदस्यहरुको मनोनयन गरेका हुन् ।

दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि आज सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १३ बमोजिम प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुलाई मनोनयन गरेका हुन् ।

कार्यव्यवस्था परामर्श समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् । जसमा नेपाली कांग्रेसबाट सबैभन्दा बढी ६ जना, एमालेबाट ५, माओवादीबाट २ र रास्वपा, राप्रपादेखि स्वतन्त्रसम्मका एक/एकजना सदस्य रहने छन् ।

समिति सदस्य रहेकाहरूको नाम यसप्रकार छ:

१. अजयकुमार चौरसिया

 

२. अनिता देवी

३. गंगाराम चौधरी

४. जीवन परियार

५. तारा लामा तामाङ्ग

६. नागिना यादव

७. पदम गिरी

८. प्रदिप यादव

९.महेशकुमार बर्तौला

१०. श्री मेटमणि चौधरी

११. रमेश लेखक

१२. रामप्रकाश चौधरी

१३. रामहरि खतिवडा

१४. रुपा सो.शी. (चौधरी)

१५. लिलानाथ श्रेष्ठ

१६. विद्या भट्टराई

१७. सन्तोष परियार

१८.सरिता प्रसाई

१९. हितराज पाण्डे

२०. ज्ञानबहादुर शाही