२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरु सञ्चालनमा रहेका र ति उद्योगबाट निस्किने रासायनिक पानी सिधैँ नदीमा मिसाउँदा नदी प्रदुषित भएको बताउनु भयो । उहाँले नदी प्रदुषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले अविलम्ब नियम मिचेर काम गर्ने उद्योगीहरुलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सिर्सिया नदीको छेउमा उद्योग तथा कलकारखानाहरु छन् । तर प्रदुषण र विषालु पानी फाल्ने छाला उद्योगको डिस्टिलरी उद्योग, आइरन उद्योग, टेस्टाइल उद्योग, घिउ, उद्योग, साबुन उद्योग, कार्टुन उद्योग, कागज उद्योग, सलाई उद्योग र राँगा काट्ने उद्योगहरु छन् । यि उद्योगहरुबाट निस्किने रसायनयुक्त पानी प्रशोधन नगरी सिधै नदीमा फाल्ने गर्दछन् ।’

‘यसरी खेलवाड गर्ने उद्योगलाई अहिलेसम्म कारबाही हुँदैन । मेरै जिल्लाको उद्योगमन्त्री बन्नुभएको छ, उहाँहरुलाई यो कुराको बढी अवगत छ । सरकारको आँखामा पट्टी बाँधिएको छ । सरकारलाई थाहा छ उद्योगीहरु बदमासी गरिरहेको छ । उद्योगीहरु नियम मिचिरहेको छ । नियमबाहिर प्रशोधन नगरीकन पानी नदीमा फालिरहेको छ । तर सरकार मुकदर्शक भएको छ । त्यहाँको सिडिओले भन्छ, हामीले आदेश पाएमा २४ घण्टामा नियन्त्रण गर्छौ । तर आदेश कर्ता को हो ? कहाँ गएको छ ?’

सांसद यादवले उद्योगीहरुले बदमाशि गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मुकदर्शक भएको आरोप लगाउनु भयो ।