२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
देशविदेशका २८ जनालाई नइ पुरस्कार एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित तीनकुने घटनामा पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउनुपर्ने काँग्रेस सांसद परियारको प्रश्ताव ट्रम्पको कर युद्धको अगाडि चीन किन झुकिरहेको छैन ? शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एक पक्राउ नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्, समृद्धि र विकासको यात्रा रोकिँदैन: प्रधानमन्त्री ओली महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई विद्यार्थीहरुका लागि टेलिकमको अफर



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले एसइई विद्यार्थीहरुका लागि ‘एसइई २०७९ अफर’ अन्तर्गत नि:शुल्क सिम उपलब्ध गराउने भएको छ ।

टेलिकमले आज एक विज्ञप्ति जारी गर्दै उपलब्ध सिममा बोनस अन रिचार्ज पनि उपलब्ध हुने जनाएको छ । विसं २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना ९९० दिन० सम्म उपलब्ध हुने र बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट नि:शुल्क उपलब्ध हुने बताउनुभएको छ । उहाँका अनुसार सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् ।

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् ।

यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । टेलिकमका अनुसार रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।