२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले केही सहयोग गरेन: सांसद सिंह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सरकारले विदेबाट बाकसमा शव फर्किएका नेपालीहरुका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले विदेशमा रहेका नेपालीहरुले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने दाबी गर्नुभयो । उहाँले सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि कुनै काम गर्न नसकेको प्रति दु:ख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विदेश गएका हाम्रा युवाहरुले पठाएको पैसाबाट देश चलेको छ, उनीहरुले पैसा नपठाउने हो भने हाम्रो देश श्रीलंका र पाकिस्तान भन्दा पहिला नै असफल मुलुक भइसक्थ्यो । उनीहरुल हरेक दिन अंगभंग भएर फर्किएका छन्, बाकसमा फर्किएका छन् । उनीहरुको लागि सरकारले के सोचेको छ ? आज यो देशलाई श्रीलंका हुनबाट बचाउने नेताहरु होइनन्, विदेशमा भएका नेपालीहरु हुन् ।’

‘तर उनीहरुको सुरक्षाका लागि सरकारले के गरेको छ ? आज यही सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न थालेको छ, त्यो पैसा करौडौं रुपैयाँ जो बाकसमा आएका छन्, अंगभंग भएका छन् उनीहरुका परिवारलाई दिनुपर्छ । बाँड्यो भने यो सरकारको सधैँ जयजयकार हुनेछ ।’

सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गर्नुभयो । उहाँले अब जनताले विकल्प खोज्ने बेला भइसकेको बताउनु भयो ।