२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट कार्यान्वयन क्यालेन्डर बनाउन माओवादी सांसदको प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रवृत्तिको अन्त्य गर्न वार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्न सकिने प्रस्ताव गर्नुभयो ।

“वार्षिक बजेट क्यालेन्डर बनाई प्रत्येक महिना निश्चित बजेट खर्च गर्न र सोहीअनुरुप सम्बन्त्रिधत निकायको कार्यसम्पादन मूल्याङ्कन गरेर बजेट व्यवस्थावनको कमजोरी हटाउन सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा २५.८८ प्रतिशत मात्रै पूँजीगत खर्च भएको महालेखा परिक्षकको कार्यालयको तथ्याङ्क रहेको प्रस्तुत गर्दै सांसद सापकोटाले औसत ६० प्रतिशत बजेट अन्तिम समयमा हुने गरेको उल्लेख गर्नुभयो ।

गत आर्थिक वर्षको अन्तिम महिनामा मात्रै २० प्रतिशत बजेट खर्च भएको स्मरण गर्दै उहाँले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा यसतर्फ ख्याल गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।