२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बञ्चरेडाँडामा फोहोर हेर्न संसदीय टोली पठाउन राजेन्द्र पाण्डेको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रहेको रुपमा फोहोर हेर्न संसदीय टोली पठाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उहाँले व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै यसलाई रोक्न माग गर्नुभयो ।

पहिले सिसडोलमा जसरी फोहोर फालिएको थियो अहिले बञ्चरेडाँडामा पनि त्यस्तै अव्यवस्थित ढंगले फोहोर फ्याँकिएको भन्दै उहाँले एउटा संसदीय टोली बनाएर फोहोरमैला कसरी व्यवस्थापन भइरहेको रहेछ, कति अव्यवस्था रहेछ भन्ने हेर्नुपर्ने बताउनुभयो ।

“‘वैज्ञानिक व्यवस्थापन गर्ने भनिए पनि फोहोरबाट निस्कने झोल पदार्थ जताततै फ्याँकिएका छन् । घरमा बस्न नसकिने अवस्था छ”, सांसद पाण्डेले भन्नुभयो ।

स्थानीय युवाले फोहोरमा बस्न सक्दैनौं भन्दा उल्टो प्रहरीले वारेन्ट जारी गरेको उहाँको भनाइ थियो । बञ्चरेडाँडा क्षेत्रमा चिल र गिद्धले फोहोरमा आउने मासुका टुक्रा नजिकका घरको छानामा लैजाने गरेको भन्दै पाण्डेले त्यस क्षेत्र हवाइ रुट पनि पर्ने हुनाले चराका कारण दुर्घटना हुन सक्ने खतरा रहेको बताउनुभयो ।




भर्खरै