२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन : रघुजी पन्त



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उहाँले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार, दिशाहीनता र अन्योल हो भन्दै आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा नभएको बताउनुभयो ।

सरकारले १०० दिनको उपलब्धी भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको उहाँको भनाइ थियो । उहाँले ३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन भन्दै भन्नुभयो, “यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्, न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ ।”

सरकारले १०० दिन पूरा गरिसक्दा पनि मन्त्रिपरिषदले अहिलेसम्म पूर्णता पाउन नसकेको भन्दै नेता पन्तले अहिलेसम्मको उपलब्धी सिद्धान्तहीन र नीतिहीन भएको उल्लेख गर्नुभयो । एक सय दिनमा पनि मन्त्रिपरिषद् बनाउन नसक्ने वर्तमान सरकारले कुनै निकास दिन नसकेको उहाँको टिप्पणी थियो ।