३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री नै वार्ता गर्न शान्ति बाटिका आउनु पर्ने मिटरब्याज पीडितको अडान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितहरुले आफूहरूसँग वार्ता गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शान्तिबाटिकामा आउनुपर्ने माग गरेका छन् । मिटरब्याज पीडितसँग छलफल गर्न गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत शान्तिबाटिका पुग्नुभएको थियो ।

 

उहाँले समस्या समाधानका लागि आयोग गठन भइसकेको भन्दै थप छलफल गर्न मन्त्रालयमा आउन आग्रह गर्नुभएको थियो । तर जवाफमा मिटरब्याज पीडितहले आफूहरूले साहुसँग गरेका सबै तमसुक अवैध घोषणा गरे मात्रै छलफलमा बस्ने अडान लिएका छन् । साथै उनीहरुले वार्ताका लागि मन्त्री शान्ति बाटिकामा आउनु पर्ने बताए ।

यही चैत १८ गते सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार सरकारले आयोग गठन गरेको छ । तर त्यो सहमतिलाई अपुरो भन्दै मिटरब्याज पीडितको अर्को समूहले आएर काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।