• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

माओवादी केन्द्रको प्रस्ताव : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने



फाईल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई द्रुत गतिमा पारित गर्ने औपचारिकपमा प्रस्ताव गरेको छ ।

बिहीबारको प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखको अध्यक्षतामा बसेको संसदमा रहेका राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुसँगको छलफलमा माओवादी केन्द्रले त्यस्तो प्रस्ताव राखेको हो ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सदनमै छलफल गरेर विधेयक पारित गर्ने विकल्प अगाडि सार्नुभएको हो । उहाँले विगतमा पनि उक्त विधेयकबारेमा छलफल भएको बताउनुभएको थियो ।

यद्यपि अन्य दलहरुले माओवादी केन्द्रको प्रस्तावलाई अस्वीकार गरेका छन् । नेकपा (एमाले) ले छिटो पारित गरौँ भन्नेमा सहमति रहेको तर, दफावार छलफल संसदीय समितिमै हुनुपर्ने बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संसदीय समितिहरु छिटो गठन गरेर सदनमा रहेका विधेयकहरु अगाडि बढाउने विकल्प उपयुक्त हुने बताए ।

प्रतिनिधिसभामा तीन वटा विधेयक दर्ता भएर प्रक्रियामा छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा छ भने संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रतिनिधिसभामा विचाराधीन छ ।

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि प्रतिनिधिसभामा दर्ता भएर प्रक्रियामा रहेको छ ।

माओवादी केन्द्रले यी तीन वटै विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने प्रस्ताव गरेको हो । एमालेले भने सदनमै छलफल गरेर विधेयक पारित गर्ने प्रक्रियामा आफूहरुको प्रष्ट असहमति रहेको बताएको छ ।

नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सहमति नहुँदा विधेयकमाथिको दफावार छलफल संसदीय समितिमै हुनुपर्ने बताएका छन् । । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले दफावार छलफलका लागि समितिमा लैजाँदा थोरै मात्रै ढिलो हुने भएकाले त्यसका लागि तयार रहनुपर्ने तर अनन्तकालसम्म लम्ब्याउने नियत नराख्न नहुने सुझाव दिनुभयो ।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले पनि संसदीय समितिमा दफावार छलफल गर्ने विषयलाई अन्यथा मान्न नहुने बताउनुभयो । बिहीबारको छलफलका कांग्रेसका सांसदहरु भने अनुपस्थित रहेका थिए ।