• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

आईपीएल: कोलकत्ता र बेंग्लोर खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज बिहिबारको खेलमा कोलकत्ता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ ।

कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ ।

आज दुवै टोलीको यस सिजनको दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा बेंग्लोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको थियो। बेंग्लोर आजको खेलमा पनि जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।

यस्तै, कोलकत्ताले पहिलो खेलमा पन्जाबसँग डीएल मेथडमा ७ रनले पराजित भएको थियो । कोलकत्ता घरेलु मैदानमा पहिलो जितको खोजीमा रहेको छ।

हेड टु हेड:

आइपिएलमा बेंग्लोर र कोलकत्ताबीच हालसम्म ३० खेल भएको छ । जसमा कोलकत्ताले १६ तथा बेंग्लोरले १४ खेलमा जित हात पारेको छ ।

पछिल्लो पाँच खेलमा बेंग्लोरले तीन र कोलकत्ता दुई खेलमा विजयी भएका छन् ।