२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी देशमा सातामा २७ उडान



अ+ अ-

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ विभिन्न देशका गन्तव्यमा साप्ताहिक रुपमा उडान सुचारु गर्ने भएको छ । 

मंगलबार तालिका सार्वजनिक गर्दै कतारको दोहा, युएईको दुबई र मलेसियामा साताको ४-४ तथा टर्की, साउदी अरेबिया, कुवेत, चीन र भारतमा २-२ उडान तथा ओमान, दक्षिण कोरिया, जापानमा १-१ उडान हुने भएको हो।

यस्तो छ सार्वजनिक तालिका 

दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान।

मलेसियामा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान।

काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान।

साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान।

कुबेतमा कुबेती वायुसेवाले २ उडान।

काठमाडौं-छेन्दु, काठमाडौं-ग्वाङजाओ रूटमा नेपाली वायुसेवाले १-१ र चीनको वायुसेवाले १-१ गरी सातामा २-२ उडान।

काठमाडौं-मस्कटमा ओमानको वायुसेवाबाट सातामा एउटा उडान हुनेछ।

दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान।

जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान।