काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ विभिन्न देशका गन्तव्यमा साप्ताहिक रुपमा उडान सुचारु गर्ने भएको छ ।
मंगलबार तालिका सार्वजनिक गर्दै कतारको दोहा, युएईको दुबई र मलेसियामा साताको ४-४ तथा टर्की, साउदी अरेबिया, कुवेत, चीन र भारतमा २-२ उडान तथा ओमान, दक्षिण कोरिया, जापानमा १-१ उडान हुने भएको हो।
यस्तो छ सार्वजनिक तालिका
दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान।
मलेसियामा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान।
काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान।
साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान।
कुबेतमा कुबेती वायुसेवाले २ उडान।
काठमाडौं-छेन्दु, काठमाडौं-ग्वाङजाओ रूटमा नेपाली वायुसेवाले १-१ र चीनको वायुसेवाले १-१ गरी सातामा २-२ उडान।
काठमाडौं-मस्कटमा ओमानको वायुसेवाबाट सातामा एउटा उडान हुनेछ।
दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान।
जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान।