२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन विलियम्सनले भारतमा हुने विश्वकप गुमाउने



अ+ अ-

काठमाडौं । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आगामी अक्टोवरबाट भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप गुमाउने भएका छन् ।

गुजरात टाइटन्सबाट आइपिएल खेलेका विलियम्सनले चेन्नई सुपर किंग्सविरुद्धको पहिलो खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । विलियम्सनको दाहिने घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट फुटेपछि यसै वर्षको अन्त्यमा भारतमा हुने विश्वकप गुमाउने भएका हुन् ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा फिल्डिङ गर्नेक्रममा टाइटन्सका तीव्र गतिका बलर जोशुवा लिटिलको बलमा सुपर किंग्सका ऋतुराज गायकवाडले हानेको सट छक्का बचाउन खोज्दा विलियम्सन घाइते भएका थिए ।

उत्कृष्ट फिल्डिङ गरेका विलियम्सनले उक्त बलबाट छक्का हुन बचाउँदै टोलीको महत्वपूर्ण दुई रन रोकेका थिए । तर, ल्यान्डिङ गर्नेक्रममा दायाँ खुट्टाको घुँडामा चोट लागेपछि उनले मैदान छाडेका थिए ।

विलियम्सन अहिले न्युजिल्याण्ड फर्किसकेका छन् । परिक्षणमा उनको चोट गम्भीर रहेको पुष्टि भएको थियो । तीन हप्ताभित्र उनको शल्यक्रिया गरिनेछ।

विलियम्सनको अनुपस्थितिमा टम लाथमले न्युजिल्याण्डको कप्तानी गरेका छन् । आगामी पाकिस्तान भ्रमणका लागि एकदिवसीय टोलीको नेतृत्व पनि लाथमले नै गर्नेछन्।

विलियम्सनले १ सय ६१ एकदिवसीय अन्तराष्ट्रियमा ६ हजार ५ सय ५४ रन बनाएका छन् ।




भर्खरै