५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले गरे लुम्बिनी पीस हाफ् म्याराथनको उद्घाटन, दुई हजार पाँच सय ५० खेलाडी सहभागी



अ+ अ-

लुम्बिनी । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ ।

नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गर्नुभयो । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष खेलाडी सहभागी छन् । मायादेवी मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनका सहभागीले लुम्बिनी वरपर दुई फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्ने आयोजक संस्था मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु ७५ र तेस्रोलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । यस्तै महिलातर्फ प्रथम हुनेलाई रु एक लाख ५१ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । दुवै विधामा दशौँसम्म स्थान प्राप्त गर्ने खेलाडीलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिने बताइएको छ ।