३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडालदेवीमा ‘बैष्णवी टुँडालदेवी माताको जात्रा’ -फोटो फिचर



अ+ अ-

काठमाडौं । वालुवाटारस्थित टुँडालदेवी मन्दिर परिसरमा बैष्णवी टुँडालदेवी माताको जात्रा सुरु भएको छ ।

लिच्छविकालीन मन्दिर टुँडालदेवीमा चैत शुक्ल पूर्णिमाका दिन यो जात्रा सुरु हुने गर्दछ । लिच्छविकालीन राजा मानदेवको हजुरबुवा रामदेवको पालामा स्थापना भएको उक्त मन्दिर परिसरमा परम्परादेखि नै जात्रा लाग्दै आएको छ ।

नेवार समुदायको आस्थाको केन्द्रका रूपमा रहेको टुँडालदेवी मन्दिरमा तान्त्रिक पूजासमेत हुँदै आएको छ । चैत अष्टमीको दिनमा हाँडिगाउँमा लिङ्गो खडा भएपछि वैष्णवी टुँडालदेवीको जात्रा सुरु हुने धार्मिक विश्वास छ । यस्तै, सोही स्थानमा चैत शुक्ल एकादशीको दिनमा घाँसे जात्रा, चैत शुक्ल द्वादशीको दिनमा तेल घस्ने जात्रा, चैत शुक्ल त्रियोदशीका दिनमा राँगा काट्ने जात्रा, चैत शुक्ल चतुदर्शीको दिनमा भाटभटेनी माईलाई टुँडालदेवी ल्याउने जात्रा लाग्छ ।

चैत शुक्ल चतुदर्शीको मध्यरातमा नक्साल भाटभटेनीबाट महालक्ष्मी (मानेखट) र हाँडिगाउँबाट टुँडालदेवीको रथयात्रा गर्दै मन्दिरमा मूर्तिलाई स्थापित गर्दै थान पूजा गर्ने चलन छ । चैत शुक्ल पूर्णिमाको दिन वैष्णवी जात्रा लाग्ने भएकाले नक्साल र हाँडीगाउँबाट ल्याएको मूर्तिलाई पूर्णीमाको दिनमा पूजा गरेर पुन: हाँडीगाउँ लैजाने चलन छ । यस्तै, पूर्णिमाकै मध्यरातमा भाटभटेनी माईलाई पनि फिर्ता गर्ने चलन छ ।