१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडालदेवीमा ‘बैष्णवी टुँडालदेवी माताको जात्रा’ -फोटो फिचर



अ+ अ-

काठमाडौं । वालुवाटारस्थित टुँडालदेवी मन्दिर परिसरमा बैष्णवी टुँडालदेवी माताको जात्रा सुरु भएको छ ।

लिच्छविकालीन मन्दिर टुँडालदेवीमा चैत शुक्ल पूर्णिमाका दिन यो जात्रा सुरु हुने गर्दछ । लिच्छविकालीन राजा मानदेवको हजुरबुवा रामदेवको पालामा स्थापना भएको उक्त मन्दिर परिसरमा परम्परादेखि नै जात्रा लाग्दै आएको छ ।

नेवार समुदायको आस्थाको केन्द्रका रूपमा रहेको टुँडालदेवी मन्दिरमा तान्त्रिक पूजासमेत हुँदै आएको छ । चैत अष्टमीको दिनमा हाँडिगाउँमा लिङ्गो खडा भएपछि वैष्णवी टुँडालदेवीको जात्रा सुरु हुने धार्मिक विश्वास छ । यस्तै, सोही स्थानमा चैत शुक्ल एकादशीको दिनमा घाँसे जात्रा, चैत शुक्ल द्वादशीको दिनमा तेल घस्ने जात्रा, चैत शुक्ल त्रियोदशीका दिनमा राँगा काट्ने जात्रा, चैत शुक्ल चतुदर्शीको दिनमा भाटभटेनी माईलाई टुँडालदेवी ल्याउने जात्रा लाग्छ ।

चैत शुक्ल चतुदर्शीको मध्यरातमा नक्साल भाटभटेनीबाट महालक्ष्मी (मानेखट) र हाँडिगाउँबाट टुँडालदेवीको रथयात्रा गर्दै मन्दिरमा मूर्तिलाई स्थापित गर्दै थान पूजा गर्ने चलन छ । चैत शुक्ल पूर्णिमाको दिन वैष्णवी जात्रा लाग्ने भएकाले नक्साल र हाँडीगाउँबाट ल्याएको मूर्तिलाई पूर्णीमाको दिनमा पूजा गरेर पुन: हाँडीगाउँ लैजाने चलन छ । यस्तै, पूर्णिमाकै मध्यरातमा भाटभटेनी माईलाई पनि फिर्ता गर्ने चलन छ ।