५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छ: नेता पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताउनुभएको छ ।

नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता पौडेलले वायुसेवा निगमका जहाजहरु अझैपनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरुमा धेरै समस्या देखिएको बताउनु भयो । उहाँले अझैपनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरुले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताउनु भयो ।

नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाँग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कमदम चाल्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज प्रतिष्पर्धात्मक यो बजारमा यसले आफूलाई विश्वसनिय बनाउन सकेको छैन । ठ्याक्कै व्यवहारिक ढंगबाट भन्दा नेपाल एयरलाइन्सका जहाजहरु तोकिएको समयमा कमै उड्छन् । अहिले त कस्तो छ भने नेपाल एयरलाइन्सको टिकट काट्यो भने फाइभ स्टार होटलमा बस्न पाइन्छ । धेरै हतार नभएका मान्छेहरुले मात्रै यो टिकट काट्ने परिस्थिति हो की जस्तो देखिन्छ ।

त्यसैले यसलाई व्यवस्थित ढंगबाट, पाँग्रा मागेर चलाउनुपर्ने, त्यसको टेक्निकल पार्ट म बुझ्दिन, एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल निकाल्न नसक्ने, यहीँ नेपालका शहरमा नै समयमा जहाज उड्न नसक्ने, यी कुरालाई व्यवस्थित ढंगबाट अघि बढाउन जरुरी छ । यसको व्यवस्थापन पक्षमा धेरै त्रुटीहरु देखिन्छ । सरकारले यसलाई व्यवस्थापन गर्ने पक्षमा काम गर्न पनि सकेको छैन, मन्त्री आउँछ, यति मान्छे नियुक्ति गर् भन्छ, सित्तैमा टिकट दे लगायतका गगिविधि र समस्याहरु भएका छन् । कसैले संस्थाको अहीतमा निर्देशन गर्छ भने त्यसमा नमान्नुस् । माथिदेखि तलसम्म सुधार गर्नुपर्ने धेरै विषय छन्, इच्छाशक्ति हामीमा चाहिन्छ ।’

सांसद पौडेलले श्रमजीविका खास समस्या सम्बोधन गर्न अझै नसकिएको बताउनु भयो । उहाँले अहिलेसम्म पनि नेपाली समाज श्रमजीविलाई सम्मान गर्नसक्ने स्थितिमा नरहेको बताउनु भयो ।




भर्खरै