१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दौडिनुपर्ने सरकार अझै अलमलमा– गगन थापा(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको टिप्पणी गर्नुभएको छ ।

कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौँ राष्ट्रिय महाधिवेशनका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले प्रधानमन्त्री र मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको भन्दै वर्तमान सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताउनुभयो ।

सरकारलाई दौडिएर पुग्ने सुविधा प्राप्त भएको उल्लेख गर्दै महामन्त्री थापाले भन्नुभयो, “तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।”

नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर गति, लय र संकल्पसहित काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्ने उहाँको भनाइ थियो ।

सरकारले निर्माणको क्षेत्रमा ६० देखि ८० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै उहाँले उक्त रकम दिएर बजारलाई चलायमान बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । “यसका लागि प्रधानमन्त्री र मन्त्रीहरुमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्छ तर त्यस्तो पाइएको छैन”, उहाँले भन्नुभयो ।

आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आउँदा उहाँहरुले कसरी फुर्सद पाउनुभयो भनेर आफूलाई नरमाइलो लाग्ने गरेको भन्दै महामन्त्री थापाले भन्नुभयो, “प्रधानमन्त्री र मन्त्रीहरुले त यो बेलामा फोटो खिच्नुपर्दैन । तीन महिना जति प्रधानमन्त्री र मन्त्रीहरु कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो । नराम्रो अर्थमा होइन । हामी छौँ नि फुर्सदमा ।”