१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैसँग रिस राग छैन, सबैसँग समन्वय गरेर विकासका लागि काम गर्न चाहन्छु – सर्वेन्द्र खनाल



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधी सभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार रहेका सर्वेन्द्र खनालले जालझेलको राजनीति गर्न नजाने पनि देश र जनताको हितका लागि राजनीति गर्न जानेको बताएका छन् ।

बुधबार प्रेस चौतरी तनहुँद्वारा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै खनालले सधैं देश र जनताको हितका लागि राजनीति गर्ने बताएका हुन् ।

उनले भने ‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाल्छना लगाउछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिनँ तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु’ ।

आफुसँग ३० वर्ष राष्ट्र सेवकको रुपमा काम गरेको अनुभव रहेको बताउँदै देशको भ्रष्टाचार र बेथिती नियन्त्रण र न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सक्ने उनको भनाई छ ।

राजनीतिको लामो अनुभव नभएपनि मुलुकको कानुनी व्यवस्था र कार्यावन्यनका मामलामा नजिक रहेर काम गरेकाले सांसदको रुपमा प्रभावकारी काम गर्न सक्ने दाबि गर्दै सुरक्षालाई प्रमुख प्रथामिकता दिएर भ्रष्टाचारमा शुन्य सहनशिलता र पारदर्शीतालाई अग्रस्थानमा राख्ने प्रतिवद्धता व्यक्त गरे ।

‘मलाई कसैसँग रिस, राग छैन सबैसँग समन्वय गरेर जिल्लाको पूर्वाधार निर्माण र विकासका लागि काम गर्न चाहन्छु’ उनले भने । गत मंसिरको चुनावमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्पतिमा निर्वाचित भएपछि रिक्त रहेको यस क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।