१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गानमा ‘सयौं थुंगा’ भन्दा अगाडिको धुन हटाइनुपर्छ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानमा बज्ने अगाडिको धुन हटाउन सरकारसँग माग गरेका छन् ।

बारामा चुनावी अभियान अन्तर्गत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले राष्ट्रिय गानमा ‘सयौं थुंगा फूलका हामी..’ अगाडिको धुन हटाउन माग गरेका हुन् ।

राष्ट्रिय गान शब्दबाट सुरू भएर शब्दबाटै अन्त्य हुनुपर्ने बताउदै ओलीले भने, ‘ म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय गान अगाडि प्याप्या‘धुन बजाउँछ । सयौं थुंगा फूलका हामी‘ भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ । त्यो राष्ट्रिय गानभित्र पर्दैन । र, राष्ट्रिय धुन पनि होइन । अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु ।’