१६ भाद्र २०८३, मंगलवार
,
Latest
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गानमा ‘सयौं थुंगा’ भन्दा अगाडिको धुन हटाइनुपर्छ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानमा बज्ने अगाडिको धुन हटाउन सरकारसँग माग गरेका छन् ।

बारामा चुनावी अभियान अन्तर्गत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले राष्ट्रिय गानमा ‘सयौं थुंगा फूलका हामी..’ अगाडिको धुन हटाउन माग गरेका हुन् ।

राष्ट्रिय गान शब्दबाट सुरू भएर शब्दबाटै अन्त्य हुनुपर्ने बताउदै ओलीले भने, ‘ म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय गान अगाडि प्याप्या‘धुन बजाउँछ । सयौं थुंगा फूलका हामी‘ भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ । त्यो राष्ट्रिय गानभित्र पर्दैन । र, राष्ट्रिय धुन पनि होइन । अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु ।’