• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री ★   एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ: रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर) ★   दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी ★   आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै ★   कमिन्सको ह्याट्रिक, अष्ट्रेलियासामु बंगलादेशले दियो १४१ को लक्ष्य

भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज लिएर आउनेछु: रवि लामिछाने



फाईल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारीहरूलाई सजाय दिएरै छोड्ने दावि गरेका छन् ।

चितवनमा चुनावी अभियानमा रहेका लामिछानेले राम्रो काम गर्छु भन्दा धेरै दुख पाएको इतिहास रहेको बताउँदै केही गर्छु भन्नेलाई दुख दिइरहेको टिप्पणी गरे।

‘आज केही हानी नगर्दा जवाफमाथि जवाफ दिएर बसेको छु। भ्रष्टाचारीहरू जेल जान नपर्ने, भ्रष्टाचारीलाई जेल हालौँ भन्नेलाई जेल हाल्न तयार भएर बसेका छन्। रविले भने, हेर्नुहोला यिनै हातले भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज यहाँ लिएर आउनेछु।’

लामिछानेले पदमा पुगेर शक्ति आर्जन गरेर दुरुपयोग गर्ने कुनै योजना नभएको बताएका छन् । उनले आफ्नो काँधमा देशको सबैभन्दा ठुलो पार्टी बनाएर देश निर्माण गर्ने जिम्मेवारी रहेको बताए ।

देश निर्माण गर्न आफु एक्लै नभएर १९ जना सांसद साथीहरू संसदमा रहेको बताउदै उनले भने, ‘मेरो काँधमा पार्टीलाई सबैभन्दा ठुलो बनाउने जिम्मेवारी पनि छ। त्यसैले त मेरो काँधमा यति धेरै उजुरी परेका छन्। ती उजुरीहरूको जवाफ म दिँदै जाउला। तर, तपार्ईंले दिने जवाफ वैशाख १० को मतपत्रले मात्रै दिन्छ। यो मुलुक बनाउँछु भनेर आएको हुँ। ’