• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसद अवरोध जारी राख्ने ★   कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था बैठक प्रभावित ★   अर्थतन्त्र पुनरुत्थानका लागि लगानीमैत्री बजेट ★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ



एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

ट्रम्पमाथि ३४ आरोप लगाइएको छ । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको बताएका छन् ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

के थियो घटना ?
पोर्नस्टारलाई मौन राख्न पैसा तिरेको मुद्दा सन् २००६ को रहेको छ । डोनाल्ड ट्रम्प एक घर जग्गा व्यवसायी थिए । पोर्न स्टार स्टर्मी डेनियल त्यतिबेला २७ वर्षकी थिइन् भने ट्रम्प ६० वर्षका थिए । २००६ जुलाईमा एक गल्फ टूर्नामेन्ट को समयमा दुई जनाको भेट भएको थियो । यो भेटलाई स्टर्मीले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’ मा उल्लेख गरेकी छन् । उनले ट्रम्पलाई भेट्दा उनकी तेस्रो श्रीमती मेलानियाले छोरा ब्यारोनलाई जन्म दिएकी थिइन् । ब्यारोनको जन्म भएको ४ महिना मात्रै भएको थियो ।

स्टर्मीले आफ्नो पुस्तकमा ट्रम्पका अंगरक्षकहरूले उनलाई नयाँ स्टारको पेन्टहाउसमा डिनरमा निम्तो दिएको बताएकी छन् । पुस्तकमा उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध र आफ्नो शारीरिक रूप पनि उल्लेख गरेकी छन् । त्यसपछि यी दुईबीच अफेयर सुरु भयो । सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पले स्टर्मीलाई मौन बस्नका लागि पैसा दिएको आरोप छ । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गरेका थिए ।

ट्रम्पले पोर्न स्टारलाई दिएको भुक्तानी जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले खुलासा गरेको थियो । त्यसैको आधारमा ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउने निर्णय भएको थियो । उनी आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।