५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ



अ+ अ-

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

ट्रम्पमाथि ३४ आरोप लगाइएको छ । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको बताएका छन् ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

के थियो घटना ?
पोर्नस्टारलाई मौन राख्न पैसा तिरेको मुद्दा सन् २००६ को रहेको छ । डोनाल्ड ट्रम्प एक घर जग्गा व्यवसायी थिए । पोर्न स्टार स्टर्मी डेनियल त्यतिबेला २७ वर्षकी थिइन् भने ट्रम्प ६० वर्षका थिए । २००६ जुलाईमा एक गल्फ टूर्नामेन्ट को समयमा दुई जनाको भेट भएको थियो । यो भेटलाई स्टर्मीले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’ मा उल्लेख गरेकी छन् । उनले ट्रम्पलाई भेट्दा उनकी तेस्रो श्रीमती मेलानियाले छोरा ब्यारोनलाई जन्म दिएकी थिइन् । ब्यारोनको जन्म भएको ४ महिना मात्रै भएको थियो ।

स्टर्मीले आफ्नो पुस्तकमा ट्रम्पका अंगरक्षकहरूले उनलाई नयाँ स्टारको पेन्टहाउसमा डिनरमा निम्तो दिएको बताएकी छन् । पुस्तकमा उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध र आफ्नो शारीरिक रूप पनि उल्लेख गरेकी छन् । त्यसपछि यी दुईबीच अफेयर सुरु भयो । सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पले स्टर्मीलाई मौन बस्नका लागि पैसा दिएको आरोप छ । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गरेका थिए ।

ट्रम्पले पोर्न स्टारलाई दिएको भुक्तानी जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले खुलासा गरेको थियो । त्यसैको आधारमा ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउने निर्णय भएको थियो । उनी आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।