• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै

विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ: गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उहाँले प्राधिकरणले गरिरहेका कामको जानकारी लिने क्रममा नेपाल जलवायु परिवर्तनको जोखिममा रहेकाले यसको न्यूनीकरण तथा व्यवस्थापनका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले विपद्का ठूला घटना भएपछि त्यसको चर्चा हुने तर भविष्यमा हुनसक्ने विपद् कम गर्नेतर्फ पर्याप्त काम नहुने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै यसतर्फ ठोस पहलकदमी लिइने विश्वास व्यक्त गर्नुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक यथाशीघ्र बसी रणनीतिक र तत्काल गर्नुपर्ने दुवै खालका कार्यलाई अगाडि बढाइने बताउनुयभो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्को पछिल्लो अवस्था, प्राधिकरणले तर्जुमा गरेका कार्यविधि तथा निर्देशिका एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको प्रभावकारिताका लागि गृहमन्त्रालयसँग प्राधिकरणले गरेका अपेक्षाबारे ब्रिफिङ गर्नुभएको थियो । सो क्रममा उहाँले हरेक वर्ष बढिरहेका विपद्का घटनाले ठूलो मानवीय तथा भौतिक क्षति गरिरहेकाले प्राधिकरणले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

कार्यकारी प्रमुख पोखरेलले आगामी वर्षको मनसुनबाट हुनसक्ने क्षतिलाई मध्यनजर गरेर अहिल्यै गर्नुपर्ने तयारीका बारेमा समेत उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो । रासस