५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा–१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश



अ+ अ-

पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको पुनः मतगणना गर्न आदेश दिएको छ ।

निर्वाचनमा ३ मतले पराजित भएपछि एमालेका उम्मेदवार पुष्कल थापाले पुनः मतगणना माग गर्दै जेठ १८ गते अदालतमा निवेदन दिएका थिए ।

उक्त रिट निवेदनमा सुनुवाइ गर्दै अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो ।

निर्वाचन आयोगले उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमल्सिनाले १६४३ मत पाएर विजयी भएको घोषणा गरेको थियो । उनका प्रतिस्पर्धी एमालेका थापाले १६४० मत पाएका थिए । अदालतले निर्वाचन आयोगको नाममा पुनः मतगणना गर्न आदेश दिएको हो ।

थापाले निवेदनमा निर्वाचन आयोग र वडाध्यक्ष तिमिल्सिनालाई विपक्षी बनाएका थिए ।




भर्खरै