१० कार्तिक २०८१, शनिबार
,
Latest
सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ‘आठौं कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ सम्पन्न चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन लिग २ को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्ने हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको मौन प्रदर्शन – फोटोफिचर ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँग रहिरहन्छः मुख्यमन्त्री यादव



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको छ ।

मंगलबार प्रदेश सरकारमा नेकपा(एमाले)का तर्फबाट सहभागि भएका मन्त्रीहरुले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको हो । उहाँले केन्द्रको गठबन्धन अनुरुप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरुलाई आफैँले सहजीकरण गर्न आग्रह गरेको बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताउनु भयो । उहाँले मधेश प्रदेस सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘केन्द्रको जुन गठबन्धन छ, त्यही अनुसारले प्रदेशमा गठबन्धनको सरकार हुन्छ । त्यो हिसावले मैले नै भनेकि अब सहजीकरण गरिदिनुस् । अनि राजीनामा गर्नुभयो । जनमत पार्टीको विषयमा केन्द्रले केही निर्णय नभएको । केन्द्रको गठबन्धनमा त जनमत छ नि उहाँहरुले पनि विश्वासको मत दिनुभएको छ प्रधानमन्त्रीलाई । तर उहाँहरु सरकारमा त हुनुहुन्न । त्यो सन्दर्भमा अहिले प्रदेशमा बस्ने नबस्ने कुनै किसिमको सहमति भएर आएको छैन । एमालेका मन्त्रीहरुले राजीनामा दिएपनि उहाँहरुको विश्वासको मत मसँग रहिरहन्छ । नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा पनि सरकारमा आउँछ । पछिसम्म मेरै नेतृत्व रहन्छ ।’

एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएका छन् । मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा पत्र बुझाएका हुन् । एमाले नेता राजकुमार लेखीले केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि आफूहरु सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिनुभयो । उहाँले नयाँ गठबन्धन अनुसार प्रदेश सरकार निर्माण गर्न सहज बनाइदिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले सहज बनाइदिएका हौँ । देशको राजनीतिक परिस्थिति बदलिएपछि बदलिएको परिस्थितिमा राजनीतिको मूल्य, मान्यताको पनि अर्थ हुन्छ । एकखालको समिकरण बनिसकेपछि केन्द्रमा, प्रदेशमा, स्वभाविक रुपमा त्यसको बदलाव आवश्यक भइसकेपछि हामीले सहज बनाइदिएका हौँ । राजनीतिक समिकरण बदलिएपछि समग्रतामा यो परिस्थिति निर्माण भएको हो ।’ नेता यादवले सरकारलाई दिएको समर्थनबारे पछि छलफल हुने बताउनु भयो ।