१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँग रहिरहन्छः मुख्यमन्त्री यादव

मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँग रहिरहन्छः मुख्यमन्त्री यादव
अ अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको छ ।

मंगलबार प्रदेश सरकारमा नेकपा(एमाले)का तर्फबाट सहभागि भएका मन्त्रीहरुले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको हो । उहाँले केन्द्रको गठबन्धन अनुरुप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरुलाई आफैँले सहजीकरण गर्न आग्रह गरेको बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताउनु भयो । उहाँले मधेश प्रदेस सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘केन्द्रको जुन गठबन्धन छ, त्यही अनुसारले प्रदेशमा गठबन्धनको सरकार हुन्छ । त्यो हिसावले मैले नै भनेकि अब सहजीकरण गरिदिनुस् । अनि राजीनामा गर्नुभयो । जनमत पार्टीको विषयमा केन्द्रले केही निर्णय नभएको । केन्द्रको गठबन्धनमा त जनमत छ नि उहाँहरुले पनि विश्वासको मत दिनुभएको छ प्रधानमन्त्रीलाई । तर उहाँहरु सरकारमा त हुनुहुन्न । त्यो सन्दर्भमा अहिले प्रदेशमा बस्ने नबस्ने कुनै किसिमको सहमति भएर आएको छैन । एमालेका मन्त्रीहरुले राजीनामा दिएपनि उहाँहरुको विश्वासको मत मसँग रहिरहन्छ । नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा पनि सरकारमा आउँछ । पछिसम्म मेरै नेतृत्व रहन्छ ।’

एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएका छन् । मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा पत्र बुझाएका हुन् । एमाले नेता राजकुमार लेखीले केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि आफूहरु सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिनुभयो । उहाँले नयाँ गठबन्धन अनुसार प्रदेश सरकार निर्माण गर्न सहज बनाइदिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले सहज बनाइदिएका हौँ । देशको राजनीतिक परिस्थिति बदलिएपछि बदलिएको परिस्थितिमा राजनीतिको मूल्य, मान्यताको पनि अर्थ हुन्छ । एकखालको समिकरण बनिसकेपछि केन्द्रमा, प्रदेशमा, स्वभाविक रुपमा त्यसको बदलाव आवश्यक भइसकेपछि हामीले सहज बनाइदिएका हौँ । राजनीतिक समिकरण बदलिएपछि समग्रतामा यो परिस्थिति निर्माण भएको हो ।’ नेता यादवले सरकारलाई दिएको समर्थनबारे पछि छलफल हुने बताउनु भयो ।