५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा नआउने भएर होला शिक्षा मन्त्रालय कम नेताहरुको रोजाईमा पर्छ: देवेन्द्र पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरुको रोजाईमा नपर्ने गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेताहरु मन्त्री बन्नका लागि तँछाड, मछाड गरेर भागबण्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमै मात्रै नेताहरुको रोजाईमा पर्ने गरेको बताउनु भयो ।

उहाँले पैसा नआउने मन्त्रालय भएका कारण पनि शिक्षा मन्त्रालय अधिकांश नेताहरुको रोजाइमा नपर्ने गरेको बताउनु भयो । पूर्वशिक्षा मन्त्रीसमेत रहनुभएका पौडेलले सामुदायिक शिक्षाको सुधार गर्नसके शिक्षा मन्त्रालय नेताहरुको पहिलो रोजाईमा पर्ने बताउनु भयो । उहाँले बाटो बनाउने मन्त्रालय भन्दा नागरिक बनाउने मन्त्रालय कम प्राथमिकतामा पर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तँछाड, मछाड गरेर मन्त्रालय लिनको लागि भागबण्डामा साथीहरु हिँड्ने गर्नुहुन्छ । त्यो भागबण्डामा सबैभन्दा पहिला शिक्षा मन्त्रालय रोज्नको लागि अघि बढ्ने गरी विद्यालय शिक्षाको सुधार गर्नसके बाटो बनाउने मन्त्रालय भन्दा मान्छे बनाउने मन्त्रालय, नागरिक बनाउने मन्त्रालयलाई पहिलो प्राथमिकता राख्नुपर्छ । पैसा आउँदैन होला तर नागरिक बनाउने मन्त्रालयलाई पहिलो जोड दिनेगरी काम गर्नुपर्छ । आज कुनैपछि विद्यार्थी शिक्षक सेवा आयोगमा गएर म शिक्षक बन्छु भनेर परीक्षा दिँदैन । त्यो विद्यार्थीलाई दोष दिने कुरा होइन, हामीले बनाउन सकेका छैनौँ, त्यो परिस्थिति हामीले बनाउनुपर्छ ।’

सचिव पौडेलले स्थानीय पालिका, विद्यालय व्यवस्थापन समिति र शिक्षकको सुधार गर्नसके सार्वजनिक विद्यालय आफैँ आकर्षणको केन्द्र बन्ने दाबी गर्नुभयो । उहाँले संघीय शिक्षा ऐन जारी नगरेसम्म सार्वजनिक शिक्षामा सुधार गर्न नसकिने बताउनु भयो ।

 




भर्खरै