काठमाडौँ । धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीको पानी धरानमा झार्ने माग लिएर सिंहदरबार आएका धरानका मेयर हर्क साम्पाङले सिंहदरबारमा श्रम गर्ने बारेमा प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै साम्पाङले भनेका छन्, ‘सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन ?’ यस्तै, उनले आफूले पाइप तान्न र ढुंगा बोक्ने कुरा मिस गरिरहेको उल्लेख गरेका छन् ।
मेयर साम्पाङले धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएका छन् । मेयर साम्पाङले सिंहदरबारमा विभिन्न मन्त्रीहरुलाई भेट गर्दै ज्ञापनपत्र बुझाएका छन् ।