२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानका लागि खानेपानी माग्दै मेयर हर्क साम्पाङ प्रधानमन्त्री समक्ष



अ+ अ-

काठमाडौँ । धरानवासीलाई खानेपानी माग्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।

धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाउनुभएको छ ।

मेयरसँगै उपमेयर आइन्द्रविक्रम बेघासहितको टोलीले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिनदिन प्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गरेको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा खानेपानीको अभाव धरानको प्रमुख समस्या भन्दै उक्त समस्याको समाधान गर्न गरिएका यसअघिका प्रयासहरु सहायकसिद्ध मात्र भएकाले समस्याको दीर्घकालीन समाधान कोशी नदीबाट पानी ल्याउनु नै रहेको देखिन्छ भनिएको छ ।

बर्खाको समयमा सर्दु खोलामा भएको पानीलाई जलाशय बनाई सञ्चित गर्न सकेको खण्डमा सुक्खायाममा कम्तीमा पनि चार महिनालाई पुग्ने पर्याप्त खानेपानी रहने हुँदा उक्त आयोजनाको विशेष महत्त्व रहेको ज्ञापनपत्रमा उल्लेख छ । यसका लागि रु एक अर्ब ५० करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

हाल रहेको खानेपानी संरचना सुधार र पम्प तथा मोटर खरिदका लागि पनि पैसा मागिएको छ । शहरी विकास मन्त्रालयबाट गठित टोलीले पम्प र मोटरहरू खरिद गर्न आवश्यक रहेको सुझाव दिएकाले १० करोड रूपैयाँ बजेट विनियोजनका लागि संघीय सरकारसमक्ष माग गरिएको छ ।