५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूँजीगत खर्च बढाउन अर्थमन्त्रीलाई गभर्नरको सुझाव



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा प्रकाशशरण महतलाई पूँजीगत खर्च बढाएर बजारमा सरकारात्मक सन्देश प्रवाह गर्न सकिने सुझाव दिनुभएको छ ।

अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकसँग औपचारिक ब्रिफिङ लिने क्रममा मंगलबार राष्ट्र बैंकको टोलीसँगको छलफलमा गभर्नर अधिकरीले पूँजीगत खर्च बढाएर र निर्माण व्यवसायीको भुक्तानीलाई तीव्रता दिन सुझाव दिनुभएको हो ।

छलफलमा अर्थमन्त्री डा महतले बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री महतले सुझाव माग्नुभएको थियो ।

राष्ट्र बैंकले अहिले आन्तरिक ऋण परिचालन भइरहेको र सरकारले ओभरड्राफ्ट सुविधा पनि प्रयोग गर्नसक्ने अवस्था रहेको जानकारी गराएको थियो । त्यसैले निमार्ण व्यवसायीको भुक्तानी बढाएर पूँजीगत खर्च बढाउन सकिने उसले सुझाव दिएको बताइएको छ । अर्थमन्त्री महतलाई यसले बजारमा सकारात्मक सन्देश जाने सुझाव राष्ट्र बैंकले दिएको छ ।




भर्खरै