२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो कारणबाट एक जना मान्छे पनि पीडित नभएको बताएका छन्।

वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई तर्साउन र सिध्याउन मुद्दामाथि मुद्दा हालिएको बताए। ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग केही लिनु छैन’, उनले भने ।

रविले देश र जनताप्रति आफू सधै इमानदारी रहेको बताए । उनले भने, ‘मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु। मैले केही लुकाएको र छिपाएको छैन। यसले अपराध गर्यो। यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस्। मेरा कारणबाट कोही पीडित भएको छैन।’

रविले निर्वाचनमा आफ्नो पार्टिले शान्त विद्रोह गरेर कसैलाई केही नगरीकन २० सिट जितेको बताए। ‘कसैलाई ढुंगा नहानी, रेलिङ नभाँची, टायर नबालीकन पनि यो देशमा क्रान्ति गर्न सकिन्छ भन्ने कुरा ६ महिनामा २० जना सांसद ल्याएर हामीले प्रस्तुत गरेका हौँ।’ , उनले थपे , ‘यो शान्त विद्रोहबाट किन यति धेरै आत्तिएका हुन् भन्ने मलाई थाहा छैन। हामी आफ्नो हालीमुहालीको लागि होइन, असल मान्छेहरूका लागि पार्टी बनाइरहेका छौँ।’