१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मलाई सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने

मलाई सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो कारणबाट एक जना मान्छे पनि पीडित नभएको बताएका छन्।

वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई तर्साउन र सिध्याउन मुद्दामाथि मुद्दा हालिएको बताए। ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग केही लिनु छैन’, उनले भने ।

रविले देश र जनताप्रति आफू सधै इमानदारी रहेको बताए । उनले भने, ‘मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु। मैले केही लुकाएको र छिपाएको छैन। यसले अपराध गर्यो। यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस्। मेरा कारणबाट कोही पीडित भएको छैन।’

रविले निर्वाचनमा आफ्नो पार्टिले शान्त विद्रोह गरेर कसैलाई केही नगरीकन २० सिट जितेको बताए। ‘कसैलाई ढुंगा नहानी, रेलिङ नभाँची, टायर नबालीकन पनि यो देशमा क्रान्ति गर्न सकिन्छ भन्ने कुरा ६ महिनामा २० जना सांसद ल्याएर हामीले प्रस्तुत गरेका हौँ।’ , उनले थपे , ‘यो शान्त विद्रोहबाट किन यति धेरै आत्तिएका हुन् भन्ने मलाई थाहा छैन। हामी आफ्नो हालीमुहालीको लागि होइन, असल मान्छेहरूका लागि पार्टी बनाइरहेका छौँ।’